काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसदको पद खोसिने भएको छ । प्रतिनिधि सभाको आज बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गरिने छ । संसद सचिवालयले त्यो तयारी गरेको जानकारी दिएको छ ।
माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालले सोमबार संसद सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु साह र कैलाली ३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री छन् । रायमाझी ऊर्जा, भट्ट उद्योग वाणिज्य, चौधरी श्रम र साह सहरी विकास मन्त्री छन् ।
उनीहरुको सांसद पद खोसियो भने मन्त्री पद पनि जान्छ । यदी मन्त्रीमा निरन्तर गर्न चाहने हो भने फेरी मन्त्री नियुक्त गर्नुपर्छ । संसद नभएका व्यक्ति ६ महिनाससम्म मन्त्री हुन पाउने व्यवस्था संविधानमा छ ।