लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव

विपक्षीहरूद्वारा विशेष अधिवेशन माग्दै प्रदेश प्रमुखसमक्ष समावेदन 
राम्रो अनलाइन     २६ वैशाख २०७८, आइतबार
लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव

बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्तावको प्रस्ताव दर्ता गरेको छ । अविश्वास प्रस्ताव दर्ता लगत्तै त्यसमाथि छलफल गर्न गठबन्धनले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष समावेदन दर्ता गराएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी विशेष अधिवेशनका लागि समावेदन दर्ता गराएका हुन् ।

उनीहरुले गत बैशाख ६ गते दर्ता भई छलफल नभएको तथा पुनः दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् ।

उनीहरूले मुख्यमन्त्री पोखरेलको पक्षमा प्रदेशसभामा बहुमत नरहेको भन्दै बहुमतमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव आज पुनः संसद सचिवालयमा मुख्यमन्त्री पोखरेल विरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशसभामा ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता दर्ता गरेको पूर्व प्रदेश सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

प्रतिक्रिया