लोक गायिका सुनिता दुलालको तीज गीत ‘पियारी’ सार्वजनिक 

राम्रो अनलाइन     २४ साउन २०८०, बुधबार

काठमाडौं– लोक गायिका सुनिता दुलालको तीज गीतका लागि विशेष पहिचान छ। अब त मैले नि झुम्का लगाउँछु बोलको तीजकै गीतले उनलाई गायनमा स्थापित गरेको थियो। त्यसपछि पनि निरन्तर उनका तीजका गीतले चर्चा पाएका छन्। जसका कारण उनको तीजकी गायिकाका रुपमा पहिचान बनेको छ। 

तीजका अवसरमा एउटा गीत (पहिले एल्बम) जसरी पनि बजारमा ल्याउने उनको क्रममाु यस पल्ट पनि भंगताु आएन। उनले दुई दिनअघि मात्रै आफ्नो नयाँ गीत ुपियारीु बजारमा ल्याएकी छिन्। गीतले मात्रै होइन, उनको शालिन प्रस्तुतिको समेत यसमा निरन्तरता पाइन्छ।

तीजको छेकमा रातो र हरियो पहिरन लगाएर नाच्नका लागि प्रशस्त गीत बनाइन्छन्। जुन अन्य समयमा आउने लोक९दोहोरी पनि० गीत भन्दा फरक हुँदैनन्। तीज महिलाहरुको पर्व हो। त्यो समयमा गाइने गीतमा महिलाका भावनाहरु पोख्ने प्रचलन थियो। महिलाहरुकै समूहमा गाइने र नाचिने तीज गीत रेकर्डिङको समयसम्म पुग्दा पुरुषहरुले हडपिसकेका छन्। यस पल्ट सार्वजनिक प्रायस् तीज गीतमा पुरुषले आफ्नो समान हिस्सेदारी खोजेको महसुस हुन्छ। बजारले त्यसरी अतिक्रमण गरिरहेको समयमा पनि गायिका दुलालले आफ्नै लय कायम राख्न सफल भएकी छिन्। 

तीजलाई महिलाका भावना प्रस्तुत गर्ने पर्वकै रुपमा आत्मसात गरेर गीत गाएकी छिन्। उनको नयाँ गीत ुपियारीु महिलाको रुपरंगलाई लिएर प्रियजनले गर्ने प्रशंसामाथि निर्माण भएको छ। माइतीले आफ्नी चेली आउँदा मनाउने हर्ष गीतमा पोखिएको छ। छोरीचेली माइति आउँदा सुन्ने गरिएको छ, तिमी आयौ घरै उज्यालो भयो..., यो गहना त तिमीले लाएसी अझ राम्रो देखियो।।।। यही बोलीचालीको भाषालाई लिएर ती महिलाले गर्ने अनुभूति गीतमा प्रस्तुत गरिएको छ। 

दिपक शर्मा शब्द र संगीतमा रहेको गीतमा भनिएको छः
कानमा लाउने यो झुम्का पनि सुहायो अरे मैले लाएसी
नाकमा लाउन यो फुली पनि सुहायो अरे मैले लाएसी
सुन्य थियो रे माइती आँगन माहोल जम्यो रे मै आएसी

गीतमा एवं रितले हरेक पहिरन र आफूले लगाउँदा अरुले गर्ने प्रशंसालाई उन्दै लगिएको छ। माइतिकी ुपियारीु चेलीको आत्मप्रशंसा सुमधुर रुपमा अघि बढाउन संगीतकार शर्मा सफल भएका छन्। लोकलयमा आधारित गीतको संगीतका लागि सफल ठानिएका शर्माले आफ्नो पहिचानलाई यस गीतमार्फत् पनि निरन्तरता दिएका छन्। 

गीतको म्युजिक भिडियोमा अन्य तीजका गीतमाझैं पुरुषको प्रभुत्व देखिँदैन। गीतमा गायिका दुलाल आफैंले ठुम्का लगाएकी छिन्। उनलाई साथ दिन नेपाली कला जगतमा छुट्टै पहिचान बनाउन सफल निर्देशकरअभिनेत्री दिपाश्री निरौला र लक्ष्मी जोशीले साथ दिएका छन्।

आफ्नै कला(क्षमताले अब्बल प्रमाणित गरिरहेका उनीहरुको जुगलबन्दीले तीजको अवसरमा सार्वजनिक गीतलाई भव्य बनाउन सघाएको छ। निर शाह ुविशेष आरक्षण कोटाुमा समेटिएका छन् ! गीतमा उनी पिताको भूमिकामा देखिन्छन् र आमाको भूमिकामा लक्ष्मी गिरी रहेकी छिन्। नृत्यप्रधान यो गीतमा गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी देख्न पाइन्छ।

प्रतिक्रिया