लक्ष्मी इन्टरकन्टिनेन्टलको ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ सार्वजनिक 

राम्रो अनलाइन     १३ चैत २०७९, सोमबार
लक्ष्मी इन्टरकन्टिनेन्टलको ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ सार्वजनिक 

काठमाडौँ- हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ अफर सार्वजनिक गरेको छ। नयाँ वर्ष नजिकिएसँगै सार्वजनिक गरिएको कम्पनीको अफर सोमबारदेखि नै लागू भइसकेको कम्पनीले जानकारी दिएको छ।

अफर अन्तर्गत गाडी खरिद गर्ने ग्राहकले ५ लाख रुपैयाँसम्म नगद छुट पाउन सक्नेछन्। त्यस्तै गाडी निर्माणको वर्षको आधारमा २ लाख रुपैयाँसम्मको छुट, नयाँ वर्षको बोनस ८० हजार रुपैयाँसम्म र एक्सचेञ्ज बोनस पनि ८० हजारसम्म पाउन सक्ने कम्पनीले बताएको छ।

उक्त अफर अन्तर्गत गाडी खरिद गर्ने ग्राहकले एक वर्षसम्म निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेञ्ज सुविधा पाउने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार सबै हुन्डाई गाडीहरूमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ, निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुनेछन्। हुण्डाईले गएको महिना मात्रै भेन्यू नोइज फेसलिफ्ट भर्जन लञ्च गरेको थियो। लक्ष्मी इन्टरकन्टिनेन्टल कम्पनीले नेपालभर १७ शोरूम तथा १९ सर्भिस सेन्टरहरूबाट सेवा दिँदै आएको छ।

प्रतिक्रिया