कोरोनाबाट धनगढीमा एक महिलाको मृत्यु

राम्रो अनलाइन     १६ वैशाख २०७८, बिहिबार

धनगढी । कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकारी दिए ।

उनलाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।
 

प्रतिक्रिया