कोरोना संक्रमणबाट तीन चिकित्सकको मृत्यु

राम्रो अनलाइन     ०६ जेठ २०७८, बिहिबार
कोरोना संक्रमणबाट तीन चिकित्सकको मृत्यु

 

कोरोना  सङ्क्रमणका कारणले हालसम्म तीन चिकित्सकको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमणबाट  कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जानकारी दिए  ।

 मन्त्रालयले ती दिवंगत चिकित्सक प्रति गहिरो दुःख व्यक्त गरेको छ । हालसम्म संक्रमणबाट  पाँच हजार ८४७ को मृत्यु भइसकेको  छ ।

प्रतिक्रिया