'कोरोना सँगसँगै ओली भाइरसँग लड्नु छ'

राम्रो अनलाइन     ०८ माघ २०७७, बिहिबार

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना भाइरस सँगसँगै ‘ओली भाइरस’सँग लड्नुपर्ने बताएका छन् । भारतबाट अनुदानमा बिहीबार आएको कोरोनाविरुद्धको खोपबारे टिप्पणी गर्दै उनले महामारीसँगसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापलाई भाइरस बताएका हुन् ।

‘‘मागेको धोतीले मेरो लाज छोपिन्न...’ भन्ने गीत रेडियोमा खुबै सनिन्थ्यो !’, उनले ट्वीटरमा भनेका छन्, ‘ऐले कोरोना महामारीविरुद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ ।’

भारतले अनुदानमा उपलब्ध गराउने खोपले ४ लाखलाई मात्र खोप लगाउन पुग्ने भन्दै भट्टराईले बाँकी खोप ‘कता माग्ने’ भनेर प्रश्न गरेका छन् । ‘चार लाख अर्थात् डेढ प्रतिशत जनतलाई मात्र पुग्ने रे ! बाँकीलाई कहिलेसम्म होला; कता हात थाप्ने होला ?’, उनले भनेका छन्, ‘फेरि कोरोना सँगसँगै ओली भाइरसँग लड्नु छ !’

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप बिहीबार नेपाल आइपुग्दैछ। नेपालको जनसंख्याको ३ प्रतिशतलाई पहिलो चरणको खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। पहिलो चरणमा आउने खोप कोभिड(१९ विरुद्ध अग्रपंक्तिमा कार्यरतलाई प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

 

‘मागेको धोतीले मेरो लाज छोपिन्न..’भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो!ऐले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ।त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे!बाॅकीलाई कहिलेसम्म होला;कता हात थाप्ने होला?फेरि कोरोना संगसंगै ओली भाइरससंग लड्नु छ! https://t.co/6KGY91x8Ef

— Baburam Bhattarai (@brb1954) January 21, 2021

प्रतिक्रिया