कोरोना सङ्क्रमणबाट भक्तपुरमा १० र दाङमा नौको मृत्यु

राम्रो अनलाइन     ०३ जेठ २०७८, सोमबार
कोरोना सङ्क्रमणबाट भक्तपुरमा १० र दाङमा नौको मृत्यु

भक्तपुर, ३ जेठ : कोभिड–१९ को सङ्क्रमणका कारण यहाँ आज एकैदिन १० कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले आज तिनको मृत्यु भएको जानकारी दिए  । 

सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ ।

दाङमा भने कोरोनाबाट आज नौ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही र तुलसीपुरका तीनतीन तथा दंगीशरण, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एकएक जनाको मृत्यु भएको कोरोना स्रोत व्यत्ति कमल चन्दले बताए । 
 

प्रतिक्रिया