कोभिड संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन

राम्रो अनलाइन     ३० वैशाख २०७८, बिहिबार
कोभिड संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन

काठमाडौं । कोभिड १९ संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको बुधबार राति मृत्यु भएको हो।

उनी पन्ध्र दिनदेखि अस्पताल भर्ना भएका थिए। उनको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया