खुमनको ‘यत्तिकोले चल्छ र ?’

राम्रो अनलाइन     ०५ भदौ २०७८, शनिबार

‘यत्तिकोले चल्छ र ?’बोलको तीज गीतमा खुमन अधिकारी, शान्तीश्री परियार, सुनिता बुढा क्षेत्री र रमिला न्यौपानेको स्वर छ । माधव न्यौपानेको शब्द, गायक अधिकारीको संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् । यस गीतलाई रमाईलो तरिकाले प्रस्तुत गरिएको छ ।

दुर्गा पौडेलको छायाँकन एवं निर्देशन रहेको गीतको भिडियोमा करिष्मा ढकाल, आयुशा गौतम, खुमन अधिकारी, अभिषेक खड्का, कमल भक्त लगायतले अभिनय गरेका छन् । भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् । चार दिनअघि खुमन अधिकारीकै युट्युब च्यानलमा सार्वजनिक भिडियोेले ३ लाख ६५ हजार बढी भ्यूज पाएको छ ।

प्रतिक्रिया