काठमाडौं । केही केन्द्रीय सदस्यहरूलाई कोभिड १९ देखिएपछि नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक स्थगित गरेको छ । पार्टीका केही केन्द्रीय सदस्य र कार्यालयका कर्मचारी तथा सुरक्षागार्डमा कोरोना देखिएपछि बैठक स्थगित गरिएको हो।
कांग्रेसले सोमबार केन्द्रीय सदस्यहरू र कर्मचारीहरूको पिसिआर परीक्षण गरेको थियो । पिसिआर परीक्षणको रिपोर्ट प्राप्त हुँदा केही केन्द्रीय सदस्य, कर्मचारी र सुरक्षा गार्डहरूलाई संक्रमण देखिएको हो ।
कांग्रेसले एक सय जनाभन्दा बढी केन्द्रीय सदस्य, उनीहरूका सहयोगी र कर्मचारीको पीसीआर गरेको थियो।
१४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बैठक राखेको थियो। अब केन्द्रीय समिति बैठक कहिले बस्छ भन्नेबारे पछि नै मिति तय गरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।