काठमाडौं आइपुग्यो भारतसँग किनेको १० लाख डोज खोप

राम्रो अनलाइन     ०९ फागुन २०७७, आइतबार
काठमाडौं आइपुग्यो भारतसँग किनेको १० लाख डोज खोप

काठमाडौं, ९ फागुन :  सरकारले भारतसँग खरिद गरेको कोभिसिल्ड खोपको पहिलो खेप आइतबार काठमाडौं आइपुगेको छ । सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खरिद गर्ने सहमतिअनुसार पहिलो चरणको १० लाख डोज (मात्रा)  खोप ल्याइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीले १० लाख डोज ९मात्रा० को पहिलो खोप ल्याइएको बताए । दिल्लीबाट एयर इण्डियाको जहाजबाट उक्त खोप काठमाडौं ल्याइएको हो ।

खोप ल्याएपछि टेकुमा रहेको भण्डारण स्थलमा राखिनेछ । त्यसपछि फागुन २३ देखि कोभिड खोप अभियानअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयमार्फत वितरण हुनेछ । यसअघि भारत सरकारले १० लाख डोज कोभिडसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो। उक्त खोप माघ १४ गतेबाट लगाउन थालिएको हो। सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ। 

यसैगरी चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ। चीनले ‘भेरोसिल’ नामक खोप उपलब्ध गराउने भनेको छ। उक्त खोप औषधि व्यवस्था विभागले समेत सूचिकृत गरिसकेको छ।

प्रतिक्रिया