कांग्रेस नेताहरूलाई देखिएन कोभिड, केन्द्रीय समिति नरोकिने 

केन्द्रीय कार्यालयका कर्मचारी आचार्य र कुमाललाई कोभिड
राम्रो अनलाइन     १५ वैशाख २०७८, बुधबार
कांग्रेस नेताहरूलाई देखिएन कोभिड, केन्द्रीय समिति नरोकिने 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नरोकिने भएको छ । बुधबार दिउँसो २ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । 

केसीका अनुसार केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्य र कर्मचारी रमेश कुमाललाई कोभिड १९ देखिए पनि बैठक नरोकिने केसीले बचाए । सोमबार गरिएको पीसीआर परीक्षणमा उनीहरुलाई कोरोना देखिएके हो ।

यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भन्दै स्थगित गरिएको थियो । एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा नेताहरूमा कोभिड नदेखिएको केसीले बताए ।

बैठकमा १४ औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायत विषयमा केन्द्रीय समितिमा छलफल हुने केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए । 

यसअघि सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले संख्या पुगेपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको थियो ।

जसपाले निर्णय नगरेकोले अविश्वास प्रस्तावमा अहिले नै अगाडि बढ्न नसकिएको कांग्रेसको भनाइ छ। कांग्रेसले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया