काठमाडौं– अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक र साहसी महिलालाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम ‘एलो रोज डे’ मनाएको छ।
नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्रान्ड व्यञ्जन, स्टार हस्पिटल लिमिटेड, एमजी मोटर्सको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा विभिन्न विधामा उदाहरणीय काम गरेका १४ जना अनुकरणीय महिलालाई सम्मानित गरिएको छ।