जङ्गली च्याउ खाएर बिरामी भएका थप एकको मृत्यु

राम्रो अनलाइन     ११ जेठ २०७८, मङ्गलबार
जङ्गली च्याउ खाएर बिरामी भएका थप एकको मृत्यु

किमाथाङ्का, ११ जेठ : सङ्खुवासभाको सिलिचोङ गाउँपलिका –५ याफुमा जङ्गली च्याउ खाँदा बिरामी  भएका थप एक जनाको मृत्यु भएको छ । उक्त गाउँकी २१ वर्षीया निर्जला राईको आज बिहान मृत्यु भएको उहाँका आफन्त डेबिन मेवाहाङले जानकारी दिए । 

गत शुक्रबार जङ्गली च्याउ खाएर  सिलिचोङ –५ याफुका राईसहित परिवारका नौ जना बिरामी भएका थिए । निर्जलाको उपचारको क्रममा विराटनगरको लाइफगार्ड अस्पतालमा निधन भएको हो । 

च्याउ खाएर बिरामी भएकी आठ वर्षीया रोजिना राईको गत आइतबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भइसकेको छ । आठ वर्षीय सन्धन राईलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसियु कक्षामा राखिएको जनाइएको छ ।
 

प्रतिक्रिया