जाजरकोटको नलगाडमा भएको  आगलागीमा पाँच घर जले

राम्रो अनलाइन     २८ चैत २०७७, शनिबार
जाजरकोटको नलगाडमा भएको  आगलागीमा पाँच घर जले

जाजरकोट । नलगाड नगरपालिका–८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण नष्ट भएका छन् । स्थानीय नौँधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिए ।

उनका अनुसार अम्मरबहादुर सिंह, खड्क सिंह, वेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर जलेका हुन् । घरभित्र रहेका लत्ताकपडा र पशुचौपाया समेत जलेका छन् । 

गए राति भएको घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएको प्रहरीले जानकारी दिएको छ । नलगाड नगरपालिकाका सबैभन्दा उच्च भाग र हावाहुरी अत्याधिक लाग्ने ठाउँ भएका कारण आगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको हो । 
 

प्रतिक्रिया