जाडोमा लाभदायक बदाम

राम्रो अनलाइन     १३ माघ २०७७, मङ्गलबार
जाडोमा लाभदायक बदाम

जाडो याममा घाम ताप्दै बदाम खानुमा विशेष मज्जा हुन्छ। बदाम जति स्वादिलो हुन्छ, त्यसका फाइदा पनि त्यति नै छन्ः 
– बदाममा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ। जसले शारीरिक वृद्धिमा सहयोग गर्छ। प्रोटिनका लागि शाकाहारीले अण्डाको साटो बदाम खान सक्छन्। 
–बदाममा एन्टी–अक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ। जसले तनावलाई कम गर्न मद्दत गर्छ। 
–बदाममा फोलेट नामक तत्व पाइन्छ। जो गर्भवती महिला र भू्रणका लागि फाइदाजनक छ।
–बदामले दिमाग तेजिलो बनाउन मद्दत गर्छ। 
–बदाम खाँदा छाला नरम, चम्किलो र सुन्दर बन्छ। 

प्रतिक्रिया