होला त अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता ?

राम्रो अनलाइन     २० असार २०७८, आइतबार
होला त अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता ?

काठमाडौं : नेकपा एमालेका दोस्रो तहका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने प्रयास गरेका छन् ।

दुई नेता आ–आफ्नो अडानमा रहँदा पार्टी फुटतर्फ उन्मुख भएपछि दोस्रो तहका नेताहरुले सम्वाद गराउन प्रयास गरेका हुन् । आइतबार विहान ओली पक्षका नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता नेपालको निवास पुगेका थिए । नेपाल पक्षका नेता घनश्याम भुसाल पनि उपस्थित भए ।

नेताहरुले नेपाललाई अध्यक्ष ओलीसँग भेटेर कुरा गर्न आग्रह गरेका छन् ।

माधवकुमार नेपाल समूहका नेता घनश्याम भुसालले शनिबार पनि अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी गराएका थिए । तर कुनै सहमति भएको छैन ।

प्रतिक्रिया