हड्डी बलियो बनाउने मकै 

राम्रो अनलाइन     १६ माघ २०७७, शुक्रबार
हड्डी बलियो बनाउने मकै 

यो मकैको सिजन हो । कसैले भुटेर खान रुचाउँछन् त कसैले उसिनेर । जसरी खाए पनि मकै स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
–पाचन प्रक्रियामा समस्या भोगिरहेकाहरूका लागि मकै लाभदायी छ । यसमा पाइने फाइबरले पाचन प्रक्रियामा फाइदा पुर्‍याउँछ ।
–मकै आँखाका लागि पनि फाइदाजनक छ । यसमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ, जो आँखाका लागि राम्रो हो ।
–मकैमा पाइने एन्टी अक्सिडेन्टले छाला स्वस्थ बनाउँछ । छालालाई छिट्टै चाउरिन दिँदैन ।
–शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मकै उपयोगी छ । 
–क्याल्सियमले हड्डीलाई बलियो बनाउँछ । मकै क्याल्सियम पाइने खाद्य पदार्थ हो । हड्डी बलियो बनाउन मकै खानु लाभकारी हुनेछ ।

प्रतिक्रिया