प्रधानमन्त्री केपी शर्मा ओलीले सबै निकाय भ्रष्ट नरहेको जिकिर गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले अपवादका रूपमा मात्र कोहीकोही भ्रष्ट भएको बताए ।
‘यस देशमा कोही पनि चोखो र राम्रो मान्छे जन्मिदैन भन्ने गलत मान्यता बनाइएको छ । यो राम्रो मान्यता होइन’, उनले भने, ‘यहाँ सबै भ्रष्ट छैनन्, हाम्रो ब्यूरोक्रेसीमा अपवादका रूपमा कोहीकोही करप्ट होला । तर सबै ब्यूरोक्रेसी करप्ट छैन ।’
उनले राजनीतिमा पनि भ्रष्टाचार रहेको बताउँदै सबै त्यस्तो नभएको दाबी गरे । ‘सबै पोलिटिसियन करप्ट छैनन् । कोहीकोही होलान्’, उनले भने, ‘करप्ट भएरै करप्सन भएको हो ।’
प्रधानमन्त्री ओलीले सबै चोखो र असल मात्र पनि नभएको तथा सबै भ्रष्ट पनि नभएको भन्दै भ्रष्टाचार न्यूनिकरण गर्ने बताए ।