काठमाडौंँ– चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछाने को स्वर भएको उक्त गीतमा कृष्ण लामिछाने को शब्द तथा बद्री सापकोटाको संगीत रहेको छ । उक्त गीत मा बिनोद बाजुरालीको संगीत संयोज रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी तथा बिमल अधिकारी साथै रिया खड्का र दिपक पौड्याल को अभिनय रहेको गीत संगम लामिछाने युटुब च्यानल बाट सार्बजनिक भएको छ । मौसम हिमाली को निर्देशन रहेको उक्त गित नवराज उप्रेतिले खिचेका हुन्।
रामेछाप जिल्ला स्थाई घर भएकी बहुचर्चित काठे गीत हे मेरो सानु कि गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन । काठ क्षेत्रमात्र नभएर पश्चिमि गित सम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमी गीत बजारमा ल्याएकी छिन् । बहुचर्चित गीत बस बस पियारीका संकलक तथा गायक बद्री सापकोटा संगको सहकार्यमा झ्याउरे गीत ए गौरी गायिका संगम लामिछाने ले सार्वजनिक गरेकी हुन ।