गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३५ हजार ९१ पुग्यो

राम्रो अनलाइन     ०१ जेठ २०८१, मङ्गलबार
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३५ हजार ९१ पुग्यो


काठमाडौं– गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३५ हजार ९१ पुगेको छ । गएको अक्टोबर ७ यता प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलबीच द्वन्द्व जारी छ ।

पछिल्लो २४ घण्टामा इजरायली सेनाले ५७ प्यालेस्टाइनीको हत्या गरेको र ८२ जना घाइते भएका जनाइएको छ । कुल घाइतेको संख्या ७८ हजार ८२७ पुगेको जनाइएको छ ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायली सिमानामा आक्रमण गरेको थियो । त्यसको बदलास्वरूप इजरायलले गाजापट्टीमा हमासविरुद्ध ठूलो आक्रमण थालेको थियो ।

प्रतिक्रिया