एन आई सी एशिया बैंकका ग्राहकलाई मकवानपुरको ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट

राम्रो अनलाइन     १६ कात्तिक २०८२, आइतबार
एन आई सी एशिया बैंकका ग्राहकलाई मकवानपुरको ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ- एन आई सी एशिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराइने भएको छ। रिसोर्ट र बैंकबीच बिहीबार भएको सम्झौता अनुसार उक्त सुविधा पाउने भएका हुन्।

यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ। उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया