एमालेको ओली समूहले समर्थन फिर्ता लिएपछि के छ कर्णालीको अवस्था 

राम्रो अनलाइन     ०५ चैत २०७७, बिहिबार
एमालेको ओली समूहले समर्थन फिर्ता लिएपछि के छ कर्णालीको अवस्था 

काठमाडौँ । नेकपा एमालेको केपी शर्मा ओली समूहले बुधबार संसदीय दलको बैठक बसेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् । एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले भने समर्थन फिर्ता नभएको ओली गुटले मात्रै समर्थन फिर्ता लिएको जनाएको छ । तर, नेपाल समूहले भरथेग गर्दा मात्रै शाहीसँग बहुमत पुग्दैन ।

४० सदस्य रहेको कर्णाली प्रदेश सभामा बहुमतका लागि २१ सदस्यको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री शाही माओवादीका हुन् । त्यहाँ माओवादीका १३ सांसद छन् । एमालेका २०, नेपाली कांग्रेसका ६ र राप्रपाको १ सांसद छन् ।

एमालेको ओली समूहसँग ११ सांसद छन् भने नेपाल खनाल समूहमा ९ सांसद छन् । नेपाल समूहले समर्थन फिर्ता नलिदा मुख्यमन्त्री शाहीसँग बुहमत त पुग्छ । तर, कर्णाली सभामा एमालेका संसदीय दलका नेता यमलाल कणेल र प्रमुख सचेतक गुलावजंग शाही ओली समूहमै छन् । त्यसैले नेपाल समूहलाई अफ्टेरो पर्छ । त्यो बाहेक केन्द्रले हस्तक्षेप गर्न सक्छ । 

कर्णाली प्रदेश सरकारमा आर्थिक योजना मन्त्री प्रकाश ज्वालाले आफूहरुले समर्थन फिर्ता नलिदा बहुमत पुग्ने भएपनि कानुनी अफ्टेरो रहेको स्वीकारे । नेपाल समूहले भने एमालेको संसदीय दलको बैठक नभएको गुटको बैठक भएको बताइसकेको छ ।  
  
 

प्रतिक्रिया