एलिना चौहानले ल्याइन् ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ (भिडिओ) 

राम्रो अनलाइन     ०४ माघ २०८१, शुक्रबार
एलिना चौहानले ल्याइन् ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ (भिडिओ) 


काठमाडौं–गायिका एलिना चौहानले नयाँ गीत सार्वजनिक गरेकी छन्। उनले बिहीबार आफ्नै युट्युब च्यानलमार्फत ुएक्लैपनि जिन्दगी चल्दो रहेछु बोलको गीत सार्वजनिक गरेकी हुन्। गीतको भिडिओ एलिना स्वयं देखिएकी छन्।

रोशन सिंहको शब्द तथा संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन छ। महेश महराले छायांकन गरेको गीतको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन्। गीतलाई विक्रम चौहानले निर्देशन गरेका हुन्। एलिना यतिबेला रेकर्डिङसँगै देशभित्रका मेला महोत्सवमा व्यस्त छिन्।

प्रतिक्रिया