एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुँदै, वरिष्ठ उपाध्यक्षमा पाण्डे र बस्नेतकाे उम्मेदवारी

राम्रो अनलाइन     ११ भदौ २०८१, मङ्गलबार
एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुँदै, वरिष्ठ उपाध्यक्षमा पाण्डे र बस्नेतकाे उम्मेदवारी

 

काठमाडाैं – नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि उम्मेदवारी दर्ता भएकाे छ।

एक वरिष्ठ उपाध्यक्ष पदका लागि राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दिएका छन्। यसैगरी एक महिला उपाध्यक्ष पदका लागि जयन्ती देवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ।

उपमहासचिवकाे चार पदका लागि २० जनाकाे उम्मेदवारी परेकाे छ। जसमा जीवनराम श्रेष्ठ, राजेन्द्रकुमार राई, मेटमणि चौधरी, हरि पराजुली, लक्ष्मण केसीलगायत उम्मेदवारी दिएका छन्।

उम्मेदवारी दर्तासँगै दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ भने आज दिउँसो २ बजेदेखि मतदान हुँदैछ। 

प्रतिक्रिया