एकैदिन तोलामा साढे नौ हजारले बढ्यो सुन

राम्रो अनलाइन     २५ माघ २०८२, आइतबार
एकैदिन तोलामा साढे नौ हजारले बढ्यो सुन

काठमाडौं– नेपाली बजारमा आइतबार ९माघ २५० सुनको मूल्य ह्वात्तै बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला साढे नौ हजार रुपैयाँले बढेको हो । आजको भाउ प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार (माघ २३) मा दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी यस दिन चाँदीको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर पाँच हजार १० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चार हजार ७१० रुपैयाँ थियो । 

प्रतिक्रिया