डोटीमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

राम्रो अनलाइन     १० वैशाख २०८२, बुधबार

डोटी – डोटीस्थित भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना भएको छ।दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माले बताएका छन्।

धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जना मृत्यु भएको हो। 

प्रतिक्रिया