दोहोरो अंकले घट्यो नेप्से

राम्रो अनलाइन     ०७ जेठ २०८३, बिहिबार
दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं– शेयरबजार परिसूचक नेप्सेमा आज १२ अंकमाथिको गिरावट आएको छ । केही दिनयता लगातार ऋणात्मक बनिरहेको बजारमा उत्साह ल्याउँदै अघिल्लो दिन बुधबार नेप्से सूचक ३० अंकमाथिले बढेको थियो । तर, यो उत्साह एक दिन पनि टिक्न सकेन । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १२।३६ अंकले घट्दै २ हजार ७४२।११ अंकमा झर्न पुगेको छ । तथापि, आज कारोबार भने केही बढेको छ । 

आज ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरका ८९ लाख ५५ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन ३० अंकले बढेको बजारमा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ६१ हजार कित्ता शेयर कारोबार भएको थियो । 

आज म्युचुअल फन्ड र ट्रेडिङबाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । १८८ कम्पनीको शेयरमूल्य घट्दा आज ७२ कम्पनीको मात्र मूल्य बढेको छ ।

प्रतिक्रिया