डिसहोमका ग्राहकले डिसहोमको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट सित्तैमा प्रयोग गर्न पाउने भएका छन् । डिसहोम फाइबरनेटले सेवा सुरु गरेसँगै यो सेवा उपलब्ध रहेका क्षेत्रका डिसहोम ग्राहकले अफरबाट फाइदा लिन सक्नेछन् ।
डिसहोमकोे रिचार्ज गरी मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रिचार्जमा सोही अवधिका लागि १० एमबीपीएस स्पिडको इन्टरनेट निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
डिसहोमका ग्राहकले फ्रि इन्टरनेट सेवासँगै आफ्नै मोबाइलमा डिसहोम गो एपमार्फत ७० वटाभन्दा धेरै डिसहोम च्यानलका साथै भीओडीमार्फत नयाँ–नयाँ मनोरञ्जनात्मक कार्यक्रम हेर्न सक्नेछन् ।
डिसहोम गो वेबमार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिसहोमका च्यानलको आनन्द लिन सक्नेछन् ।
एक्सभीओडीमा हजारौं घन्टाका मनोरञ्जनात्मक कार्यक्रम थप शुल्कबिनै हेर्न सक्ने कम्पनीले बताएको छ । डिसहोम फाइबरनेटले हाल बजारमा १०, २५ र ४० एमबीपीएसका प्याकेज उपलब्ध गराएको छ ।