दीपाश्री निरौलाको ‘दिदी बहिनी’

राम्रो अनलाइन     ३० साउन २०७८, शनिबार

 

कलाकार एवं चलचित्र निर्देशक दीपाश्री निरौलाको निर्देशन एवं अभिनयमा सार्वजनिक तीज गीत हो, ‘दिदी बहिनी’ । श्रीकृष्ण बम मल्लको शब्द, संगीत रहेको गीतलाई शान्तीश्री परियार, लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लले स्वर दिएका छन् ।

गजित विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा दीपाश्रीका साथमा रजनी केसी, गजित विष्ट, निर्मल शर्मा, सुमन गिरी, कमला लामिछानेको अभिनय छ । राजु केसीको छायाँकन रहेको यस भिडियोलाई टेकेन्द शाहले सम्पादन गरेका छन् । अहिलेको परिस्थितिमा तीजमा माइत जान नपाएका चेलीको मर्म र पीडालाई गीतमा व्यक्त गरिएको छ ।

बिहीबार मात्र सार्वजनिक गीतको भिडियोले एक दिन नबित्दै झण्डै १ लाख ६५ हजार बढी भ्यूज पाएको छ ।

प्रतिक्रिया