डेनिला मिसेस नेपाल वर्ल्ड 

राम्रो अनलाइन     १४ कात्तिक २०८१, बुधबार
डेनिला मिसेस नेपाल वर्ल्ड 


काठमाडौँ– विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड, २०२४ को उपाधि डेनिला कार्कीले हात पारेकी छिन् । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले उपाधि चुम्न सफल भएकी हुन् । कार्यक्रमका मुख्य निर्णायक एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले फाइनलमा सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर डेनिलाले उपाधिसँगै स्कुटर पनि पाएकी छिन् ।  यससँगै उनी आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनेछिन्। 

प्रतियोगितामा एलिना घिमिरे दोस्रो, किरण कार्की दोस्रो र अनु कार्की तेस्रो हुन भए । यसै गरी मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउत र एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले हासिल गरे । दुई विजेताले सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल र एमएस इन्टरनेसलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिने अवसर पाउने छन् । सोही समारोहमा नेपालकी अग्रज कलाकार वसन्धुरा भुसाललाई छ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान पु¥याएबापत मानार्थ मिसेस नेपाल वल्र्ड सम्मान–२०२४ बाट सम्मानित गरिएको थियो । माइती नेपालकी अध्यक्ष कोइराला, अभिनेता धिरेन शाक्य, आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, नृत्य निर्देशक अश्विनीकान्त झालगायतले भुसाललाई सम्मान प्रदान गरे ।

प्रतियोगिताको मुख्य निर्णायकमा कोइराला, निर्णायकमा टेलिभिजनकर्मी भाष्करराज राजकर्णिकार, अभिनेता शाक्य, हास्य अभिनेता केदारप्रसाद घिमिरे, अधिवक्ता जेनिश पहारी, अभिनेतृ उषा रजक, श्रीकेश तेलका अध्यक्ष टीकाराम बुढाथोकी रहेका थिए। 

प्रतिक्रिया