देबेन्द्रको ‘दिल दुखो’

राम्रो अनलाइन     ०५ भदौ २०७८, शनिबार

 

यसअघि ‘मुसुक्क हाँस’, ‘एक्लै जान सक्छौ र रु’जस्ता गीत ल्याएका देबेन्द्र बब्लुले गत शुक्रबार ‘दिल दुखो’बोलको गीत सार्वजनिक गरेका हुन् ।

बब्लुकै शब्द, संगीत र स्वर रहेको गीतमा कृष्ण भान्जाको एरेन्ज छ । भिडियोमा देवेन्द्र स्वयंमका साथमा विशाल घिमिरे, जेरी भण्डारी, अमर रावल, सुनिल वि।कको अभिनय छ । देबेन्द्रकै अवधारणामा तयार भिडियोको विशाल घिमिरे सृजनात्मक निर्देशकको रुपमा रहेका छन् ।

अनिल के। मानन्धरको छायाँकन रहेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा धर्मका कारण प्रेमीकासँग छुट्टिएपछि प्रेमीको कथालाई प्रस्तुत गरिएको छ । देबेन्द्रकै युट्युब च्यानलमा सार्वजनिक भिडियोले अहिलेसम्म ३ लाख ६३ हजार भ्यूज पाएको छ ।

प्रतिक्रिया