डाबरले ल्यायो नेपालकै पहिलो फोर्टिफाइड जुस

राम्रो अनलाइन     २१ असार २०७८, सोमबार
डाबरले ल्यायो नेपालकै पहिलो फोर्टिफाइड जुस

डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्‍याउनको लागिनयाँ जुस ‘रियल इम्यूनो म्याङ्गो प्लस’ बजारमा ल्याएको छ । जुन नेपालकै पहिलो फोर्टिफाइड जुस हो ।

फोर्टिफाइड जुस विश्वभरी नै उपलब्ध भएपनि नेपालको लागि यो बिल्कुलै नयाँ उत्पादन हो । परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकताबारे गरिएको बजार अनुसन्धानबाट रियल इम्यूनो म्याङ्गो प्लस तयार पारिएको हो ।

डाबर नेपालका प्रमुख  एच.एस. बेदीले प्रेस विज्ञप्तिमा भने,’ग्राहकलाई सन्तुष्टी दिन आफ्ना उत्पादन वृहत् बनाउँदै नेपालको नं. १ जुस उत्पादक, डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर छ ।’

रियल इम्यूनो म्याङ्गो प्लस, एउटा स्वास्थ्यवर्द्धक र ज्यादै मीठो आँपको जुस हो, जुन पावर अफ फाइभले भरिपूर्ण छ ।

रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिङ्ककले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्दछ । यतिमात्र होइन, यो जुस आँपको मीठो स्वादमा आउने भएकोले यसमा टेष्ट र हेल्थ दुवै पाइन्छ ।

‘अहिलेको यो कोभिड-१९ को अवस्थामा ग्राहकहरुले रियल इम्यूनो म्याङ्गो प्लसको अवधारणलाई समय अनुकुल मानेर ज्यादै सराहना गरेका छन्,’ डाबर नेपालका मार्केटिङ प्रमुख अभयप्रसाद गोर्खालीले भने ।

प्रोडक्ट डेभलप्मेन्टको दौरानमागरिएको ब्लाइन्ड टेष्ट पनि उपभोक्ताहरुले रियल इम्यूनो म्याङ्गो प्लसलाई पाँचै सेन्सोरियल मापदण्डमा उच्चतम मूल्याङ्कन गरेका थिए’उनले थप भने ।

यस उच्च गुणस्तरको फोर्टिफाइड म्याङ्गो जुसको १८० एमएलको मूल्य रु. ३० र १ लिटर प्याकको मूल्य रु. २५० कायम गरिएको छ ।

प्रतिक्रिया