‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ आजबाट हलमा

राम्रो अनलाइन     २७ पुस २०८०, शुक्रबार
‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ आजबाट हलमा

काठमाडौँ– आज (शुक्रबार) देखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ र दीपक श्रेष्ठ निर्देशित ‘पर्खी बसेँ तिमीलाई’ प्रदर्शनमा आएका हुन् ।

यी दुई फिल्म फरक फरक विधामा आधारित रहेका छन् । फिल्म चित्रामा बाबुले छोरी बचाउन गर्ने सङ्घर्ष मात्रै नभएर सम्बन्ध, मित्रता, पारिवारिक उतारचढाव लगायतका कुरा समेटिएको छ भने ‘पर्खी बसेँ तिमीलाई’ युवापुस्ताको प्रेम र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको छ ।

‘चित्रा’फिल्ममा डेब्यू अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ । महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ ।

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । यस्तै, फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् ।  फिल्ममा बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन रहेको छ।

त्यस्तै  ‘पर्खी बसेँ तिमीलाई’  रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

प्रतिक्रिया