काठमाडौं : नेपाल टेलिभिजनबाट प्रसारित नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई बृज सिमेन्टले घर निर्माणमा सहयोग गरेको छ ।
इटहरी अडिसन राउन्डबाट प्रवेश गरेका खड्का नेपाल स्टारको उत्कृष्ट ६ मा आइपुगेपछि भोटको आधारमा बाहिरिएका थिए ।
बृज सिमेन्टले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुष्पतारा केडिया सेवा फाउन्डेसनको सहकार्यमा उक्त सहयोग गरको हो ।
कम्पनीले खड्काको गायन प्रतिभाको उच्च मूल्यांकन गर्दै उनको आवास निर्माणका लागि सहयोग गरेको हो । । सहयोग घोषणा नेपाल स्टारको सुटिङ स्थलमै पुगेर बृज सिमेन्टका कार्यकारी निर्देशक मोहित केडियाले गरेका थिए ।
बृज सिमेन्टले नेपाल स्टारको स्पोन्सर गर्दै आएको छ । कम्पनीले टप टेनदेखिका सहभागीको हौसला बढाउन एक्सपर्ट अफ द डे घोषणा गर्दै आएको छ ।