बिर्तामोड–शनिश्चरे सडक कालोपत्र : स्थानीयवासी खुसी 

राम्रो अनलाइन     १० असार २०८१, सोमबार
बिर्तामोड–शनिश्चरे सडक कालोपत्र : स्थानीयवासी खुसी 


झापा–झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा  करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएको छ । 

पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए । बहुवर्षे योजनाअनुसार सडक निर्माण  भइरहेको छु, उनले भने, मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ ।

बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टी मिटर रहने उनले बताए । 

सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए । सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । 

‘सञ्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षकअन्तर्गत सडक कालोपत्रसुरु भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले जानकारी दिए । सडक कालोपत्र नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियोु, उनले भने, सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र सुरु भएको हो । सडक कालोपत्रका लागि रु २५ करोडको कबोल अङ्क तोकेर बोलपत्र आह्वान गरिएको पनि निर्माण कम्पनीले रु १५ कराड ५० लाखमा ठेक्का लिएको छ ।

प्रतिक्रिया