भियतनामकी हुइन थी थान थुईले जितिन् मिस इन्टरनेसनलको उपाधि 

राम्रो अनलाइन     २९ कात्तिक २०८१, बिहिबार
भियतनामकी हुइन थी थान थुईले जितिन् मिस इन्टरनेसनलको उपाधि 


यसवर्षको मिस इन्टरनेसनलको उपाधि भियतनामकी हुइन थी थान थुईले जितिन् । भियतनामले पहिलोपटक उपाधि जितेको हो । बोलिभियाकी क्यामिला रोका फस्ट रनरअप, त्यसपछि स्पेनकी अल्बा पेरेज, भेनेजुएलाकी साक्रा गुरेरो र इन्डोनेसियाकी सोफी किराना शीर्ष पाँचमा परे । परिचय राउण्डमा नेपालकी करुणाले आकर्षक नेसनल कस्ट्युम प्रस्तुत गरेकी थिइन् ।

नेपाल मिस इन्टरनेसनल फिनालेको सुरुआती चरणमै बाहिरिएको थियो । मिस नेपाल इन्टरनेसनल करुणा रावतले मुलुकको प्रतिनिधित्व गरेकी थिइन् । उपाधिका लागि ७३ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । 

यस वर्षको संस्करणमा मानसिक स्वास्थ्य र दिगोपनको थिम तय थियो । सोहीअनुसार करुणाले पनि तयारी गरेकी थिइन् । यसपटक उनले राष्ट्रसंघको सहस्राब्दी विकास लक्ष्यका दुई कार्यक्रम राम्रो स्वास्थ्य र कल्याणबारेको प्रोजेक्ट प्रस्तुत गरेकी थिइन् । गतसाता सम्पन्न मिस अर्थमा पनि नेपालले अन्तिम २० मा स्थान बनाउन सकेन ।

प्रतिक्रिया