काठमाडौं–दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको भीटू क्लबमा चर्चित गायक सविन राईले शुक्रवार भव्य लाइभ प्रस्तुति दिएका छन् । ‘शुक्रबार ७ बजे क्लबको डोर ओपन गरिएको थियो । त्यसपछि डाइनामिक्स ब्याण्डले सांगीतिक प्रस्तुति दिएको थियो । गायक सविन राई रातीको ११ः ३० बजे स्टेज चढेका थिए भने त्यसपछि उनले निरन्तर २ बजे आफ्ना कर्णप्रिय गीतमार्फत क्लबमा उपस्थित भएका स्रोताहरूलाई भरपुर मनोरञ्जन दिलाएका थिए।

गायक सविन राई थोरै गीत गाएर धेरैको मनमा बस्ने गायक मध्येमा पर्छन् । गायक राईले सन् २००३ मा ‘सतह’ नाम एल्बम निकाले जसमा समेटिएका गीतले सविन राईलाई स्रोतामाझ अत्याधिक चर्चित बनायो । उनी संगीत प्रेमीमाझ लोकप्रिय गायकका रूपामा स्थिापित भए । ‘सतह’ एल्बमले राईलाई जुन सफलता दिलायो त्यसैका कारण आजसम्म पनि सविन राईलाई संगीत प्रेमीमाझ सर्वप्रिय छन्।

राईले गायका ‘कोमल त्यो तिम्रो वदन’ ‘गुराँशको फेद मुनि’ ‘किन कि म’ ‘नमूना’ ‘म संसार जित्ने आश गर्दैछु,’ जस्ता गीत स्रोतहरूले आज पनि उत्तिकै रुचाइरहेका छन् । जब राई स्टेजमा उक्लिएर यी गीतहरू बेजोड रूपमा गाउन थाल्छन् त्यसपछि त्यहाँको सांगीतिक वातावरण नै बेग्लै हुन्छ । स्रोता एवं दर्शकहरू उनको गीतमा भरपुर इन्ज्वयो गर्छन् । उनलाई सुन्न चाहाने स्रोताको कुनै कमी छैन । स्रोताको यही चासोलाई मध्येनजर गर्दै दरबारमार्गको अन्नपूर्ण होटलमा रहेको भीटू क्लबले शुक्रबार असोज १९ गते सविन र फराहो ब्यान्डलाई प्रत्यक्ष संगीतका लागि प्रस्तुत गरेको क्लबका सञ्चालक कृष्णकुमार बुढाथोकीले बताए।

दरबारमार्गमा हालसालै खुलेको यो क्लब निकै आकर्षक छ । यो क्लबमा अत्याधुनिक लाइट सिस्टम र साउण्डको संयोजन गरिएको छ । क्लबको इन्टेरियर निकै मनमोहक छ । सिटिङ अरेजमेन्ट पनि उत्कृष्ट रहेको छ । प्राइम लोकेसन तथा पर्याप्त पार्किङ सुविधा भएको यो क्लबले हरेक दिन फरकफरक इभेन्ट आयोजना गरेर क्लब कल्चरमा नयाँ आयम थप्ने योजना बनाएको यसका व्यवस्थापक मनोज श्रेष्ठ बताउँछन् ।

स्वादिष्ट परिकार, ब्राण्डेड मदिरा तथा सुरक्षित वातावरण, लाइभ म्युजिक, चर्चित डिजेहरूको प्रस्तुति रहने भीटू क्लब जान रुचाउनेहरूका लागि उत्कृष्ट गन्तव्य हुने सञ्चालक बुढाथोकीको दाबी छ । काठमाडौँको क्लब दुनियाँमा नयाँ ‘ट्रेन्ड सेटर’ का रूपमा स्थापित हुने लक्ष्यका साथ खुलेको भीटू क्लब अन्तर्राष्ट्रिय स्तरको रहेको सञ्चालक बुढाथोकीले बताए।



