भीमको पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक

जयन सुब्बा मानन्धर     १७ मंसिर २०८०, आइतबार


काठमाडौं– मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले काठमाडौंमा एक विशेष समारोहबीच गीतको भिडियो सार्वजनिक गरेका हुन्। सार्वजनिक गीतमा गायक भीम लिम्बू र गायिका मनु नेम्वाङको स्वर छ । पच्चीस मिनेट लामो म्युजिकल फिल्म सार्वजनिक गर्दै मन्त्री किराँतीले यसले कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने बताए । 

गीतमा भीम र मनुसँगै कोरसका रूपमा रुकमान लिम्बू, निरन्ता नेम्वाङ, शिव सम्बाहाम्फे, दीपा सुहाङ रहेका छन् । गीतको संकलक गायक भीम नै हुन् भने यसमा शब्द सुवर्ण नेम्वाङले लेखेका हुन् । गीतमा अशोक लोहरूङ राई एरेञ्जर, राजेश श्रेष्ठ रेकर्डिस्ट रहेका छन् भने किशोर थापाले मिक्सिङ गरेका छन् ।

सार्वजनिक भिडियोमा रेखा लिम्बू, मोन नाल्बो सुब्बा, विशाल सेनेहाङ, रुकमान लिम्बू, कृष्ण सेनेहाङ, नवीन सेनेहाङ, खुसी थुलुङ, शैलेन्द्र नाल्बोलगायतले अभिनय गरेका छन् । तारेभिरको रमणीय दृश्यमा छायांकन गरिएको गीतमा गाउँमा पाहुना आउँदा धान नाच्ने परम्परा र त्यही भेटघाटका क्रममा बसेको मायालाई देखाइएको गायक लिम्बूले बताए। लोकेन सावाले निर्देशन गरेको गीतको भिडियो युवराज राईको छायांकन, सञ्जु थलाङको मेकअप, अनिल रानाको सम्पादन र फोली साउण्ड मानसी किरणले गरेका हुन्।
 

प्रतिक्रिया