भाषण गर्दागर्दै ढलेका जिफन्टका उपाध्यक्षको निधन

राम्रो अनलाइन     १३ कात्तिक २०८२, बिहिबार
भाषण गर्दागर्दै ढलेका जिफन्टका उपाध्यक्षको निधन

काठमाडाैं – नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा लाइन काटेको विरोधमा रुपन्देहीमा आयोजित कार्यक्रममै ढलेका एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

प्राधिकरणले रुपन्देहीका १३ वटा उद्योगको लाइन काटेपछि सुरु भएको उद्योगीहरूको आन्दोलनका क्रममा बिहीबार दिउँसो भाषण गर्दागर्दै गौतम अचानक ढलेका थिए।

लगत्तै तिलोत्तमा नगरपालिकास्थित मणिग्रामको क्रिमसन अस्पताल पुर्‍याइएका गौतमलाई चिकित्सकहरूले मृत घोषणा गरेका छन्।

सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा उत्रिन आह्वान गर्दै भाषण गरिरहेका गौतम एक्कासी बेहोस भएर ढलेका थिए।

गौतमको शव क्रिमसन अस्पतालमा राखिएको छ। उद्योगी, व्यवसायी र विभिन्न श्रमिक संगठनका प्रतिनिधिहरू अस्पताल परिसरमा पुगेका छन्।

प्रतिक्रिया