बाँकेमा संक्रमणबाट १२ घण्टामा १० जनाको मृत्यु

राम्रो अनलाइन     २३ वैशाख २०७८, बिहिबार
बाँकेमा संक्रमणबाट १२ घण्टामा १० जनाको मृत्यु

बुटवल । बाँकेमा कोभिड १९ संक्रमणबाट १२ घण्टामा १० जनाको मृत्यु भएको छ । बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहान ७ बजेसम्म १० जनाको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लाभित्रका ९ र जिल्ला बाहिरका १ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

ज्यान मुमाउनेमा नेपालगन्ज उपमहानगरपालिकाभिका धेरै छन् । बैशाख १७ मा संक्रमण देखिएपछि भेरी अस्पताल भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका १२ का ४५ वर्षिय पुरुषको बुधबार बेलुका सवा ६ बजे मृत्यु भयो ।

बैशाख १७ गते पीसीआर परिक्षण गराएकी नेपालगन्ज १० कि ७६ वर्षिय महिलाको  बेलुका ७ः३० मा ति महिलाको मृत्यु भएको बाँकेका कोभिड  फोकल पर्सन तेज ओलीले जानकारी दिए । नेपालगन्ज १ का ५८ वर्षीय  पुरुषको बुधबार राती ८ बजे भेरी अस्पतालमा, त्यसको २० मिनेटपछि भेरी अस्पतालमै नेपालगन्ज–१० का २७ वर्षीय युवाको मृत्यु भएको थियो । 

यसअघि बुधबार बेलुका ७ बजे भेरी नगरपालिका–४ जाजरकोटकी ४३ वर्षीय महिलाको उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो । बेलुका ७ः४० मा कोहलपुर नगरपालिका ५ का ३४ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि बैशाख १४ गते शिक्षण अस्पतालमा भर्ना भएका ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । मध्यराती साढे १२ बजे नेपालगन्ज–४ का ५५ वर्षिय पुरुषको मृत्यु भएको थियो । बैशाख १८ गते पीसीआर परीक्षण गराएर १९ गते अस्पताल भर्ना भएका ति पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै रातीको १ बजेदेखि बिहान ७ बजेको अवधिमा बाँकेकै तीन जनाले कोरोनाका कारण मृत्यु भएको जनाइएको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन ओलीका अनुसार बिहान १ः४० बजे नेपालगन्ज १० का ७८ वर्षिय पुरुष, बिहान ४ः३० बजे नेपालगन्ज १९ का ७७ वर्षिय पुरुष र बिहान ७ बजे नरैनापुर गाउँपालिका–१ का ५६ वर्षिय पुरुषको भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

बैशाख २० गते प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा कोरोना परिक्षण गराएका ती पुरुषलाई २१ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएर उपचार गरिरहेको अवस्थामा उनको मृत्यु भएको हो । 

प्रतिक्रिया