बाबुराम, जनार्दन र सन्तोष आज एउटै पार्टीमा सामेल हुने

राम्रो अनलाइन     ०७ मंसिर २०८२, आइतबार
बाबुराम, जनार्दन र सन्तोष आज एउटै पार्टीमा सामेल हुने

काठमाडाैं–  बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन्। 

आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणासभाको आयोजना गरिएको छ। कार्यक्रममा अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ।

कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच एकता सहमतिमा हस्ताक्षर भएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता परियारले केही दिनअघि पार्टी छोडेको घोषणा गरेका थिए। तत्कालीन माओवादी नेता शर्माचाहिँ पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरूले बनाएको नेपाली कम्युनिष्ट पार्टीमा नगएर छुट्टै अभियान घोषणा गरेका थिए।

प्रतिक्रिया