काठमाडौँ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाको अधिवेशन नै अन्त्य गरिदिएका छन् । बुधबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गयराति मध्यरातबाट अधिवेशन स्थगित गरेका हुन् ।
प्रदेश सभामुखलाई शेरचनले पत्र लेखेर अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा स्थगित गरेको जनाएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्टिय जनमोर्चा र जनता समाजवादी पार्टीले मुख्यमन्त्री गुरुङविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए ।
