असन्तुष्टलाई सम्मानजनक व्यवहार गरिन्छ : नेम्वाङ

राम्रो अनलाइन     २६ फागुन २०७७, बुधबार
असन्तुष्टलाई सम्मानजनक व्यवहार गरिन्छ : नेम्वाङ

काठमाडौँ, २६ फागुन : नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताएका छन्  । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कने सबैका लागि सम्मानजनक व्यवहार गरिने स्पष्ट गरे । 
 
उनले जनता समाजवादी पार्टीसँग उसका मागका विषयमा छलफल भए पनि सत्ता साझेदारीबारे हाल कुरा नभएको प्रतिक्रिया दिए । सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी केन्द्रको एकता बदर गरी पूर्ववतावस्था कायम भएको थियो । 
 

प्रतिक्रिया