अछाममा बजाजको नयाँ सोरुम

राम्रो अनलाइन     २७ फागुन २०७७, बिहिबार
अछाममा बजाजको नयाँ सोरुम

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले अछाम जिल्लामा सुविधासम्पन्न नयाँ सोरुम शुभेच्छा ट्रेडर्स एन्ड सप्लायर्स स्थापना गरेको छ ।

कम्पनीले बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले अछाममा पनि सोरुम सञ्चालनमा ल्याएको हो । कम्पनीले शुभेच्छा ट्रेडर्स एन्ड सप्लायर्स अछामका प्रोप्रराइटर भरत खड्कालाई डिलरसिप प्रदान गरिएको जनाएको छ ।

नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ ।

उक्त अवसरमा कम्पनीका म्यानेजर योगेन गुरुङले अछाममा खोलिएको नयाँ सोरुमबाट ग्राहकले बजाज मोटरसाइकलका साथै आवश्यक पार्टपुर्जा खरिद गर्न सक्ने जानकारी दिए ।

प्रतिक्रिया