आफूलाई देखाउन र सुनाउन मिस नेपालमा भाग लिइरहेकी ओजल रायमाझी

राम्रो अनलाइन     २२ साउन २०८२, बिहिबार
आफूलाई देखाउन र सुनाउन मिस नेपालमा भाग लिइरहेकी ओजल रायमाझी

ओजल बाल्यकालमा कक्षा कोठाको अन्तिम बेञ्चमा शान्त रहेर बस्न रुचाउँथिन् । उनी अहिले ‘मिस नेपाल’ को प्रतिस्पर्धी छिन् । उनी आफुजस्तै कक्षा कोठाको अन्तिममा शान्त  भएर बस्न रुचाउने प्रत्येक बालिकाले सपना देख्न र उक्त सपना पुरा गर्न उड्ने पखेटा हासिल  गर्नुपर्छ भन्नेमा विश्वास गर्छिन् । त्यही सपनालाई साकार पार्न ओजल ‘मिस नेपाल’ को मञ्चसम्म आईपुगेकी छिन् । 

उनी उच्च माध्यमिक विद्यालयमा पढ्दाखेरि सामाजिक सेवा क्लबमा संलग्न थिइन् र महिलाको सशक्तिकरण सम्बन्धी एक परियोजनाका लागि रकम संकलन गर्न चाहन्थिन्। जब उनी त्यो गर्न असमर्थ भइन्, तब उनले एउटा महत्वपूर्ण कुरा बुझिन् — दृष्टिकोण त थियो, तर दृश्यता थिएन। त्यसैले उनी मिस नेपालमा सहभागी भइन्, ताकि उनलाई देखियोस् र सुनियोस्।

प्रतिक्रिया