पेसाले दीपशिखा जलवायु अनुसन्धानकर्ता हुन् । उनी जलवायु सम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्छिन् र त्यसैमार्फत जलवायुका असर एवं प्रभावबारे बताउँछिन् । यस्तै उनी जलवायुबारे युवाहरूको शसक्त आवाज हुन्, जो देखेका सपनालाई काम गरेर मात्रै पुरा हुने कुरामा विश्वास राख्छिन् र आफ्नोसपना पुरा गर्न लागि परिरहेकी छिन् ।

उनी आफ्नो आवाज सही ठाउँसम्म पुर्याउन मिस नेपालमा सहभागी भएकी हुन् । उनको विचारमा मिस नेपाल यस्तो एउटा मञ्च हो, जसले उनको आवाजलाई दुर्गमका ठाउँसम्म पुर्याउँछ । उनी भन्छिन्,‘वास्तविक परिवर्तन तब सम्भव हुन्छ जब तपाईंको आवाज सही मञ्चमा पुग्छ, र मिस नेपाल त्यो स्थान हो जहाँबाट मैले दुर्गमका मानिसको प्रेरणकाको स्रोत बन्दै प्रतिनिधित्व गर्ने, नेतृत्व गर्ने, माया गर्ने, र आफुले पाएकोभन्दा राम्रो संसार बनाउने सपना देखाउने हिम्मत राख्छु ।’
