आमासहित छोराछोरी मृतावस्थामा ! 

राम्रो अनलाइन     ११ जेठ २०७८, मङ्गलबार
आमासहित छोराछोरी मृतावस्थामा ! 

झिमरुक,११ जेठ : प्युठानमा  एकाघरका आमा सहित छोराछोरी मृतावस्थामा जङ्गलमा भेटिएका छन् । प्युठान नगरपालिका –२  चितिखोलाका २६ वर्षीया गायत्री सुनार, उनीका दुई वर्षीय छोरा र  पाँच वर्षीया छोरी आज मृत भेटिएका हुन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार प्युठान नगरपालिका– १ स्थित चेरनेटा नजिकका जङ्गलमा झुण्डिएका अवस्थामा तीनैजनालाई  फेला परेको हुन् । 

सोमबार साँझ स्वर्गद्वारी नगरपालिका –८ स्थित हदचौरमा माइतीजान  भनेर घरबाट गायत्री निस्केको उनका ससुरा गिरबहादुर सुनारले बताए । उनले छोरा  रोजगारीका लागि भारतमा रहेको जानकारी दिए  । ती शव  पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गैरेले जानकारी दिए ।  

प्रतिक्रिया