काठमाडौं । प्रतिनिधि सभाको पुनःस्थापना भएपछि शुक्रबार चौँथो बैठक बस्दैछ । दिउँसो एक बजे संसद भवन नयाँ वानेश्वरमा बस्ने बैठकमा दुई संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने तयारी छ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
सम्भावित कार्यसूचीमा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ ।
त्यस्तै २०५८ सालको राष्ट्रिय सभा सदस्य तथा राष्टिय सभा सदस्य नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावति कार्यसूचीमा उल्लेख छ ।
